राजनीति

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्दै

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान साढे ११ बजेबाट बैठक सुरु हुने बताइएको छ।

बैठकमा प्राधिकरणका कामका विषयमा छलफल हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले पुनर्निर्माणको अहिलेको अवस्था र आगामी कार्ययोजना पेश गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ।  गत साउन २९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट ज्ञवाली प्राधिकरणको सीईओमा नियुक्त भएका थिए। आज बस्न लागेको बैठक ज्ञवाली सीर्इओ नियुक्त भएपछिको पहिलो हो।

प्रकाशित: २१ भाद्र २०७५ ०४:१० बिहीबार

राष्ट्रिय_पुनर्निर्माण_प्राधिकरण