राजनीति

साढे ३३ किलो सुन तस्करी प्रकरण : पेसी तीन दिन सर्‍याे

विराटनगर - सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणको पेसी उच्च अदालत विराटनगरले स्थगित गरेको छ। सुन तस्करी प्रकरण मुद्धाको लागि बुधबार देखि शुक्रबार सम्म नियमित सुनुवाइ हुने गरी तोकिएको पेसी तीन दिनका लागि स्थगित भएको उच्च अदालत विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार सरकारी वकिलको कार्यालयले समय अभाव भएको जनाउँदै पत्र पठाएपछि बुधबार देखि सुनुवाई गर्न तोकिएको पेसी स्थगित भएको हो। सरकारी वकिलहरु तालिमा सहभागि हुनु परेको कारण देखाउँदै सरकारी वकिलको कार्यालयले  पेसी सार्न मंगलवारनै पत्र पठाएको रेग्मीले जानकारी दिए। सुन तस्करी प्रकरण अन्तर्गत प्रहरी उच्च अधिकारी सहित २६ जनाले जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालतमा दिएको निवेदनबारे बहस हुन बाँकी रहेको छ। यसअघि चार जनाको निवेदनमा सुनुवाई गदै जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले सदर गरेको थियो।

 

प्रकाशित: २० भाद्र २०७५ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App