राजनीति

एसिया प्यासिफिक मुलुकका उच्च सैनिककाे सम्मेलन सकीयाे

सम्मेलनकाे समापन गर्दै बलाध्यक्ष रथी हेमन्त राज कुँवर । तस्विर : नेपाली सेना

काठमाडाैं - ११ औं एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स् कन्फरेन्स बुधबार समापन भएको छ। नेपाली सेना र युएस इन्डो प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्स को संयुक्त आयोजनामा गत सोमबारदेखि सुरु भएको सम्मेलन बुधबार सकिएको हो। 

एसिया प्यासिफिक क्षेत्रमा पर्ने २३ राष्ट्रहरुका उच्च सैनिक रथीबृन्द तथा अधिकृत प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो। नेपालमा पहिलो पल्ट आयोजना गरिएको यो सम्मेलनले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान–प्रदान हुन गई सैनिक इन्टेलिजेन्स क्षमतामा थप अभिबृद्धि गर्न मद्धत पुग्नुको साथै मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ हुने विश्वास लिइएको छ। सम्मेलनको बाह्रौ संस्करण आगामी वर्ष फिलिपिन्समा हुनेछ।

प्रकाशित: २० भाद्र २०७५ १३:२८ बुधबार

एसिया_प्यासिफिक सैनिक_सम्मेलन