राजनीति

अख्तियारको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस

काठमाडौं– संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविन घिमिरेलाई सिफारिस गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको परिषदको बैठकले कायममुकायम प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो। 

परिषदका सदस्य एवं सभामुख कृष्णबहादुर महराले घिमिरेलाई प्रमुख आयुक्त नियुक्तीका लागि संसदीय सुनुवाई समितिमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।

तत्कालिन प्रमुख आयुक्त दीप बस्न्यातले फागुनमा अवकाश पाएपछि अख्तियारमा प्रमुख आयुक्त पद रिक्त रहँदै आएको छ।  घिमिरे बरिष्ठताको आधारमा अख्तियारको कामु प्रमुख रहेका थिए। 

प्रकाशित: २० भाद्र २०७५ ०६:५७ बुधबार

अख्तियार नविन_घिमिरे संवैधानिक_परिषद