राजनीति

सडक अनुगमनमा मेयर शाक्य

काठमाडौँ- राजधानीका सडका खाल्डा खुल्डीका कारण समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका छन्।

सडक चौडा गर्ने, मेलम्चीको पाइपलाइन खन्ने लगायतका कारण राजधानीको सडकको अवस्था दूरावस्थामा पुगेको र राजधानीवासीको पनि दिनहुँ गुनासो आउने गरेको कुरालाई ध्यानमा राख्दै मेयर शाक्य सडक अनुगमनमा निस्किएका हुन्। वर्षा पनि विस्तारै कम हुँदै गएपछि राजधानीका सडक निर्माणलाई तिव्रता दिन सुरु गरेको मेयर शाक्यले जानकारी दिएका छन्। आज काठमाडौँको भोटेबहाल सडक निर्माणको अनुगमनमामा सोही क्षेत्र र आसपासका वडाध्यक्ष, उपभोक्ता समिति र क्लवका प्रतिनिधिसहित पुगेका थिए।

वडा नम्बर १२ का विकास ढंगोल, ११ का हिरालाल तन्डुकार २१ का उदय चुडामणि बर्जाचार्य, २२ का चिनिकाजी महर्जन, २३ का मच्छेराजा महर्जन र ३१ का भाइराम खड्कीसँगै उनी भोटेवहाल पुगेर सडक निर्माणको कामलाई चुस्तरुपमा अघि बढाउन निर्देशन दिए। उनले अब विकास निर्माणको काम वित्र गतिमा अघि बढ्ने भन्दै काममा ढिलासुस्ती नगर्न पनि निर्देशन दिए।

प्रकाशित: २० भाद्र २०७५ ०५:५८ बुधबार

काठमाडाैं_महानगरपालिका विद्यासुन्दर_शाक्य खाल्डा_खुल्डी