राजनीति

२३ देशका उच्च सैनिक अधिकारी काठमाडौंमा

काठमाडौं– काठमाडौंमा २३ देशका उच्च सैनिक अधिकारी भेला भएका छन्। नेपाली सेना र युएस इन्डो–प्यासिफिक कमाण्ड डाइरेक्टर अफ इन्टिलिजेन्सको आयोजनामा सुरु भएको एघारौं एसिया प्यासिफिक इन्टिलिजेन्स चिफ्स सम्मेलनमा भाग लिन उनीहरु नेपाल आएका हुन्।

सम्मेलनको प्रधानसेनापती कामु पूर्णचन्द्र थापाले उद्घाटन गरे। नेपालमा पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा २३ देशका ८३ सैनिक अधिकृतहरु ८३ र नेपाली सेनाको तर्फबाट २० जना गरि जम्मा १०३ जनाको सहभागिता रहेको सैनिक प्रवक्त गोकुल भण्डारीले बताए। सम्मेलन भदौ २० गतेसम्म सञ्चालन हुने छ। सम्मेलनमा सहभागी हुन आएका उच्च तहका विदेशी सैनिक अधिकारीलाई नेपालका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराउने कार्यक्रम समेत रहेको छ। सम्मेलनमा सैनिक अधिकृतदेखि रथीसम्मका अधिकारीहरु सहभागि रहेका छन्।

बहु-राष्ट्रिय संयुक्त कन्फरेन्सले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान–प्रदान गर्ने भण्डारीले बताए।

प्रकाशित: १८ भाद्र २०७५ ०८:३८ सोमबार

सैनिक_अधिकारी