राजनीति

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्। काठमाडौंमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन विहीबार विहान काठमाडौं आएका मोदी शुक्रबार साँझ स्वदेश फर्किएका हुन्। 

मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदाई गरेका थिए। यसअघि मोदीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी रक्सौल–काठमाडौं रेल्वे सर्वे सम्बन्धी समझदारी गरेका थिए। बिमस्टेकमा सहभागी हुन आएका मोदी भारतको प्रधानमन्त्री भएपछिको यो चौथो नेपाल भ्रमण हो। 

प्रकाशित: १५ भाद्र २०७५ १३:३८ शुक्रबार

बिमस्टेक नरेन्द्र_मोदी भारत