राजनीति

नेपाल–भारत सम्बन्धबारे ओली र मोदीबीच छलफल

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल भारत सम्बन्धबारे छलफल भएको छ। भेटमा नेपाल–भरत संबन्धका विभिन्न आयामबारे छलफल भएको थियो।

छलफलमा आर्थिक व्यापारिक र संस्कृतिक संबन्धलाई अझै प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। बिमस्टेक सम्मेलन सकिएपछि द्विपक्षीय हितका विषयमा छलफल गर्न भेटवार्ता भएको हो।

साथै समकक्षीद्धयले पसुपतिक्षेत्रमा निर्माण गरिएको धर्मशालाको संयुक्त उद्घाटन गरेका छन्। मोदी आजै साझँ ६ बजे स्वदेश फर्कने कार्यक्रम छ।  

प्रकाशित: १५ भाद्र २०७५ ११:१९ शुक्रबार

नेपाल_भारत_सम्बन्ध नरेन्द्र_मोदी केपी_अाेली