राजनीति

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौंमा

काठमाडौं– भारतको प्रमुख प्रतिपक्ष दल कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आइपुगेका छन्। बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा रहेका बेला राहुल शुक्रबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

स्रोतका अनुसार राहुल लाजिम्पाटको -याडिसन होटलमा बसिरहेका छन्।  मानसरोवर यात्राका लागि नेपाल आएका उनले आफ्नो भ्रमणलाई निजी तथा धार्मिक भ्रमण भन्दै गोप्य राखेका छन्। 

उनी भोलि शनिबार विहान नेपालगञ्ज जाने र त्यहाँबाट हेलिकप्टर चढेर मानसरोबर जाने बताइएको छ। 

प्रकाशित: १५ भाद्र २०७५ १०:५९ शुक्रबार

भारत राहुल_गान्धी मानसरोबर