राजनीति

थाई प्रधानमन्त्री काठमाडौंमा, को हुन् प्रयुत च्यान ओचा ?

काठमाडौं- थाइल्यान्डका प्रधानमन्त्री प्रयुत च्यान ओचा काठमाडौं आइपुगेका छन्। थाइल्यान्डका पूर्व सेनापती समेत रहेका प्रयुतलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन्।

दुई दिनसम्म हुने सम्मेलनको आज अपराहन्ह प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन्। सम्मेलनमा भाग लिन यसअघि म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबार, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्।

आज विहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका थिए।

को हुन् प्रयुत ?

प्रयुत च्यान ओचा थाई प्रधानमन्त्री हुन्। थाइल्यान्डका पूर्व प्रधानसेतापनी समेत रहेका उनी यिङलक सिन्हावात्राको सरकारपछि गठन भएको सैनिक सरकारका प्रमुख हुन्। उनी सत्तामा आएपछि थाइल्यान्डमा मिडिया, इन्टरनेटर ठूलो समूहमा भेला हुने अधिकारमाथी नियन्त्रण समेत गरेका छन्। उनले त्यहाँ आफ्ना विरोधिहरुलाई पक्राउ समेत गर्दै आएका छन्। उनले निर्वाचित यिङलक सरकारलाई सन् २०१४ मे २२ मा ‘कू’ गर्दै सत्तामा आएका थिए। ६४ वर्षिय उनले सानैदेखि सैनिक विद्यालयमा अध्ययन गरेका थिए।

बिमस्टेक थाई_प्रधानमन्त्री