काठमाडौं– श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं आइपुगेका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन बुधबार दिउँसो काठमाडौं ओर्लिएका सिरिसेनालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भोलि विहान काठमाडौं आउने कार्यक्रम छ।
प्रकाशित: १३ भाद्र २०७५ ०९:२० बुधबार