राजनीति

राष्ट्रियसभा समितिका सभापति निर्विरोध

काठमाडौँ- राष्ट्रियसभा अन्तर्गत चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ। विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो। सो अनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारी निर्विरोध निर्वाचित भएका छन्।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ। रासस

 

प्रकाशित: १३ भाद्र २०७५ ०७:१५ बुधबार

राष्ट्रियसभा समिति