राजनीति

भदौं २१ भित्र सुझाव पठाउन अाग्रह

काठमाडौं – नेपाली कांग्रेसको विधान मस्यौदा समितिले भदौं २१ गतेभित्र विधान संशोधनका लागि लिखित सुझाव पठाउन मातहतका सबै निकालाई आग्रह गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको मस्यौदा समितिको बैठकले पार्टी विधानमा परिर्माजन र संशोधन गर्नुपर्ने विषयमा लिखित धारणा पठाउन पार्टी पदाधिकारी, सांसद, भ्रातृ तथा शुभेच्छुक संगठनलाई आग्रह गरेको हो।

विधान संशोधन मस्यौदा समितिको बैठकले भनेको छ, ‘विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका विषयमा नेपाली कांग्रेस कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, नेपाली कांग्रेस संघीय संसदीय दल, प्रदेश सभा संसदीय दलबाट लिखित राय सुझाव पठाउनका लागि अनुरोध छ ।’ समितिको अर्को बैठक बुधबार पनि बस्ने छ।

प्रकाशित: १३ भाद्र २०७५ ०१:४३ बुधबार

नेपाली_कांग्रेस विधान_मस्यौदा_समिति