राजनीति

प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (आज) संसद्मा सम्बोधन गर्ने भएका छन्। ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चाैंथाे शिखर सम्मेलन तयारी लगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ। 

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओलीले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन्। यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ। (रासस)

प्रकाशित: १२ भाद्र २०७५ ०४:०२ मंगलबार

प्रधानमन्त्री संसद बिमस्टेक