राजनीति

मिश्रविरुद्ध उजुरी दिन सुनुवाई समितिको आह्वान


काठमाडौं–संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध उजुरी आह्वान गरेको हो।

विभिन्न माध्यमबाट वा सोझै समितिमा समेत सूचना वा उजुरी दिन सकिने छ । यस्तो सूचना दिने सूचनादाताले भने आफ्नो नाम, थर, वतन, र सम्पर्क भने खलाउनु पर्ने छ। तर सूचना दिने अधिकारीले आफ्नो नाम थर गोप्य राख्न चाहेमा भने गोप्य राखिने समितिले जनाएको छ । त्यस्तै यस्तो सूचना ७७ जिल्लाबाटै दिन सकिने पनि उल्लेख छ ।

हिजो सिंहदरबारमा वसेको समितिको बैठकले १० दिन समय दिँदै उजुरीका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको थियो।

संवैधानिक समितिको भदौ ७ गतेको बैठकले सर्बोच्च अदालतको प्रधान न्यायधीशका लागि मिश्रको नाम सिफारिस गरी समितिमा पठाएको थियो। यस अघि सिफारिस भएका दीपकराज जोसीलाई सुनुवाई समितिले अस्वीकृत गरेको थियो। 

 

प्रकाशित: ११ भाद्र २०७५ ०६:४७ सोमबार

संसदीय_सुनुवाई_विशेष_समिति ओमप्रकाश_मिश्र प्रधानन्यायाधीश