राजनीति

कांग्रेस केन्द्रीय समितिको बस्दै, महासमिति बैठकबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। लामो समयदेखि महासमिति बैठक बारे निर्णय गर्न नसकिरहेको कांग्रेसले आजको बैठकबाट महासमिति बैठकबारे निर्णय गर्न सक्ने बताइएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा महासमिति बैठक तयारीका विषयमा छलफल केन्द्रीत हुनेछ। बैठकमा समसामयिक राजनीतिक विषय, कर, महंगीलगायत विषयमा पनि छलफल हुने उनले बताए।

स्रोतका अनुसार यही भदौ अन्तिमसम्म कांग्रेसको महासमितिको वैठक बस्ने तयारी छ। कांग्रेसले पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिसकेको छ।

प्रकाशित: ८ भाद्र २०७५ ०५:११ शुक्रबार

नेपाली_कांग्रेस महासमिति_बैठक