राजनीति

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं– संवैधानिक निकायका प्रमुख सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ। आजको बैठकले खास गरी सर्वौच्च अदालतको प्रधान न्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको लागि नाम सिफारिस गर्ने जनाइएको छ।
सर्बोच्चको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम सिफारिस हुने संभावना छ। अख्तियार प्रमुखमा नविनकुमार घिमिरेको संभावना छ। अख्तियार प्रमुख दीप बस्न्यातको कार्यकाल सकिएपछि अख्तियारको प्रमुख आयुक्त पद खाली रहँदै आएको छ। सर्बौच्चमा दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेपछि परिषदले नयाँ नाम सिफारिस गर्न लागेको हो।

प्रधानमन्त्रीकाे अध्यक्ष्यतामा रहने परिषदमा प्रधानन्यायाधीश, प्रनिधिसभाका सभामुख, राष्टिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका  विपक्षीदलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ। प्रधानन्यायाधीश  सिफारिश गर्ने वैठकमा कानुन मन्त्री पनि सहभागी हुने व्यवस्था छ।

 

प्रकाशित: ७ भाद्र २०७५ ११:४० बिहीबार

संवैधानिक_परिषद् प्रधानन्यायाधीश