राजनीति

प्रदेश ५ मा भोलि सार्वजनिक विदा

रुपन्देही– प्रदेश ५ सरकारले मुस्लिम समुदायको महान पर्व इदउल अजाहा (बकर इद) का लागि विदा दिने निर्णय गरेको छ। बुधबार परेको बकर इदको उपलक्ष्यमा प्रदेशभरीका १२ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरि जनाएको छ। 

‘बकर इद का उपलक्ष्यमा प्रदेश ५ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकोले सर्वसाधरण एंव सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ’ मन्त्रालयका उपसचिव मधु पौडेल ज्ञवालीद्धारा जारी सूचनामा भनिएको छ। 

प्रकाशित: ५ भाद्र २०७५ १५:२० मंगलबार

प्रदेश_५ बकर_इद सार्वजनिक_विदा