राजनीति

प्रधानमन्त्रीविरुद्ध फेसबुकमा लेख्ने पक्राउ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

फेसबुकबाट समाजमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुरको सूर्यविनायक ३ का ४४  वर्षीय होमनाथ सिग्देललाई मंगलबार बबरमहलबाट पक्राउ गरेको एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए। उनका अनुसार सिग्देललाई हिरासतमा राखी अनुसन्धान भइरहेको र साइबर क्राइम मुद्दामा कारवाही अगाडि बढाइने बताए। 

सिग्देललाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत १ लाखसम्म जरिवाना र पाँच बर्ष कैद वा दुबै सजाय हुनसक्छ।

प्रकाशित: ५ भाद्र २०७५ १३:५३ मंगलबार

साइबर_क्राइम फेसबुक प्रधानमन्त्री पक्राउ