राजनीति

कोफी अन्नानको नेपाल साइनो

काठमाडौं- तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदै गर्दै संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा कोफी अन्नानले अन्तिम वर्ष पुरा गर्दै थिए। उनले ति अन्तिम वर्षमा नेपालको शान्ति प्रक्रियाको लागि सहयोगी भूमिका खेलेका थिए।

नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री महेश आचार्य, संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्य, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपालमा माओवादी द्वन्द अन्त्यको लागि अन्ननले खेलेको भूमिकाबारे सम्झन्छन्।

अन्नानले मार्च २००१ मा नेपालको भ्रमण गरेका थिए। उनी नेपाल भ्रमणमा रहेको समय माओवादी विद्रोह बढीरहेको थियो।

'संयुक्त राष्ट्रसंघमा अन्नान नेतृत्वमा रहँदा नेपालमा चलेको माओवादी द्वन्दबारे गम्भिर चासो थियो र शान्ति प्रक्रियाको लागि सकारात्मक भूमिका रहेको थियो', कांग्रेस नेता महेश आचार्यले भने।

अन्नानले मार्च २००१ मा नेपालको भ्रमण गरेका थिए। उनी नेपाल भ्रमणमा रहेको समय माओवादी विद्रोह बढीरहेको थियो। नेपाल भ्रमणको समय उनले राजा वीरेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, परराष्ट्रमन्त्री चक्रप्रासद वास्तोला लगायतलाई भेटेको आचार्य बताउँछन्। भ्रमणको क्रममा द्वन्दको शान्तिपूर्ण निकास र प्रजातन्त्रको सवलिकरणमा उनले जोड दिएको आचार्यले सम्झना गरे। आचार्यले नै अन्नानलाई विमानस्थलमा स्वागत गरेका थिए।

उनले द्वन्दग्रस्त देशहरुमा नेपाली सेनाले खेलेको भूमिकाको समेत त्यतिबेला प्रसंशा गरेका थिए। उनले त्यतिबेला अन्य द्वन्दग्रस्त देशमा समेत नेपाली सेनालाई शान्ति स्थापनाको लागि पठाउनेबारे कुरा गरेको आचार्य सम्झन्छन्।

अन्नानको नेपाल भ्रमण पछि यहाँ चलेको द्वन्दबारे अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण भएको थियो। पूर्व मुख्य निर्वाचन आयुक्त भोजराज पोखरेलले कोफी अन्नान फाउन्डेसनमा काम गर्दा अन्नान द्वन्दको विश्वव्यापी संकटबारे चिन्तित रहने गरेको आफुले पाएको बताए।

'बैठकको समयमा उनले नेपालमा बन्न लागेको संविधान र शान्ति प्रक्रियाबारे चासो राख्थे। सुन्दर र स्रोत साधानले भरिपूर्ण नेपालमा समस्या आउनु हुँदैन', अन्नानको भनाई पोखरेलले सम्झिए।

अन्नान विनम्र र अद्भुत व्यक्तिको रुपमा आफुले पाएको पोखरेलले बताए। नेपालको द्वन्द व्यवस्थापनमा अन्नानको महत्वपूर्ण भूमिका भएको बताउँछन् संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्य।

आफुले गरेका मानवीय कार्यहरुको लागि नोवेल शान्ति पुरस्कार समेत विजेता अन्नाको शनिबार स्विजरल्याण्डको वर्नको एक अस्पतालमा ८० वर्षको उमेरमा निधन भएको छ। घानामा जन्मिएका अन्नानले सन् १०९७ देखि २००६ सम्म संयुक्त राष्ट्रसंघको महासचिव बनेका थिए। विश्व कटनीतिक जगतमा उच्च ओहदामा पुने एक मात्र अफ्रिकी अश्वेत हुन्।

प्रकाशित: ३ भाद्र २०७५ ०७:१३ आइतबार

शान्ति_प्रकिया कोफी_अन्नान