राजनीति

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित, अर्काे बैठक भोलि बस्ने

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। दिउँसो १ बजे बसेको बैठकले पूर्व सांसद एवं कांग्रेसका पूर्वकेन्द्रीय सदस्य भरतसम्शेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। 

सभामुख कृष्णबहादुर महराले शाेक प्रस्तावसहित आजको बैठक स्थगित गर्दै अर्काे बैठक भोलि बस्ने जानकारी सांसदलाई गराएका थिए। प्रतिनिधिसभाको अर्काे बैठक भाेलि दिउँसाे १ बजे बस्नेछ। 

लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातबाट निधन भएको थियो।

उनी विसं २०१५को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। नेपालको प्रथम संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत उनी भएका थिए।

प्रकाशित: २७ श्रावण २०७५ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App