राजनीति

कार्यकर्ता पक्राउकाे विराेध गर्दै अान्दाेलनकाे घाेषणा

नेत्रविक्रम चन्द । फाइल तस्विर

काठमाडाैं - सरकारले विना कारण आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

पार्टी महासचिव चन्दद्वारा हस्ताक्षर गरेकाे विज्ञप्तीमा पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगाएत तीन जनालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द लगाएतका आन्दोलनका कार्यक्रम घोषणा गरिएकाे उल्लेख छ। आन्दोलनका कार्यक्रम अनुसार साउन २५ गते देशभर कोणसभाको आयोजना गरिने, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशाल जुलुस र २९ गते नेपाल बन्द गरिने उल्लेख छ। 

चन्दले पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई विनासर्त रिहा गर्न माग गरेका छन्। ओली सरकारले राजनीतिक अधिकारलाई एकपछि अर्को गर्दै प्रतिवन्ध लगाउँदै गरेको उनको आरोप छ। आफ्नो पार्टी अधुरो राजनीतिक अधिकार पुरा गर्ने बाटोमा रहेको बताउँदै चन्दले यसलाई कुल्चने, सिध्याउने र दमन गर्ने दु:सप्न नदेख्न चेतावनी दिएका छन्।

नेकपाद्वारा जारी प्रेस विज्ञप्ती :

प्रकाशित: २३ श्रावण २०७५ १०:०४ बुधबार

नेकपा आन्दोलन घोषणा