राजनीति

तीन तह बलियो हुँदा मात्रै संघियता सफल : प्रदेश ५ सभामुख

रुपन्देही - प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले तीन तहको संरचना बलियो हुँदा मात्रै संघियता सफल हुने बताएका छन। ‘स्थानीय, प्रदेश र संघ गरि तिन तह टेम्पोको तीन पाङग्रा जस्तै हुन’ संसदीय मामिला पत्रकार समाजले बुटवलमा गरेको संसदीय रिर्पोटिङ अभिमुखिकरणको बुधबार उद्घाटनका अवसरमा बोल्दै सभामुख घर्तीले भने।

उनले संघियता सबैका लागि नयाँ अभ्यास भएकाले यसलाई सफल बनाउने दायित्व सबैको भएको बताए।  तीनै तहको संघियताको अभ्यासलाई सकरात्मक रुपमा अघि बढाउन सञ्चारक्षेत्रबाट पनि सहयोग आवश्यक रहेको घर्तीकाे भनाइ छ।

प्रदेश ५ को संसदलाई सक्दो रुपमा प्रभावकारी बनाउने गरि काम गरेको उनले दावी गरे। प्रदेशसभाबाट हुने कामलाई चुस्त बनाउन केहि अभावका बीचमा समेत काम गरिएकाे उनले बताए।

प्रदेशसभामा अहिलेसम्म १६ वटा विधेयक पेश भएकोमा १५ विधेयक पारित भइसकेको सभामुख घर्तीले जानकारी गराए। १ विधेयक छलफलमा रहेको छ। प्रदेशसभा गठनलगत्तै विभिन्न ऐन, विधेयकहरु निर्माण हुनेक्रम चलेको उनले बताए। अस्थायी भौतिक संरचना निर्माण गरेर संसदलाई व्यवस्थित बनाउने प्रत्यन आफूहरुले गरेको उनको भनाई छ।

प्रकाशित: २३ श्रावण २०७५ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App