राजनीति

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

काठमाडाैं- गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गरेका छन्। इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अाइतबार बेलुका इन्डोनेसिया प्रस्थान गरेका हुन्।

यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदैछन्। गृहमन्त्री थापाले साउन २२ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

नेपालसहित चीन, भारत, अष्ट्रेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय विभिन्न एजेन्सीहरु आइओएम, युएनएचसिआर र युएनओडिसीका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुँदैछन्। 

मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा सदस्य राष्ट्रहरुबीच नीति, निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन् २००२ मा ‘बाली प्रोसेस’को नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो। 

गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा राति ९.३० बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी साउन २३ गते स्वदेश फर्किनेछन्। रासस

प्रकाशित: २० श्रावण २०७५ १६:१५ आइतबार

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान