राजनीति

प्रस्तावित प्रधानन्यायाधीश जोशी अस्वीकृत

काठमाडौं– ससदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम बहुमतले अस्वीकृत गरेको छ। 

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले बहुमतसहित जोशीको नाम अस्वीकृत गरेको छ। जोशीको विपक्षमा १० मत परेको छ भने पक्षमा शून्य मत परेको छ। बैठकलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो। 

समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश जोशी समितिबाट १० मतले अस्वीकृत भएको जानकारी दिए।

प्रकाशित: १८ श्रावण २०७५ ०८:३८ शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीश जोशी अस्वीकृत