राजनीति

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद स्थगित भएको हो। विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्यसमेत रहेका जोशीको हिजो काठमाडौंस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: १६ श्रावण २०७५ ०७:५७ बुधबार

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित