राजनीति

संखुवासभामा कांग्रेसको विरोधसभा शान्तिपूर्ण

संखुवासभा- नेपाली कांग्रेस संखुवासभाले गरेको सरकार विरुद्धको विरोध र्‍याली प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। कांग्रेसले गरेको देशव्यापी विरोध अन्तर्गत संखुवासभा कांग्रेसले मंगलबार विरोध र्‍यालीमा प्रदर्शन गरेको हो।

र्‍यालीमा ‘देउवा सरकारको लोकप्रिय निर्णय लागू गर, राज्य आतंक बन्द गर, बढ्दो महँगी नियन्त्रण गर, भूकम्प पिडितको राहत कायम गर, ६५ वर्ष माथिकालाई बृद्ध भत्ता कायम गर’ लगायतका नारा लगाएका थिए। पार्टी कार्यालयबाट सुरु गरिएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुँदै पार्टी कार्यालय पसिरमा आएर कोणसभामा परिणत भएको थियो। सभामा नेताहरुले सरकारको चर्को विरोध गरेका थिए।

र्‍यालीमा महिला नेतृहरु, पूर्व सांसदहरु टंकप्रसाद राई, पासाङ शेर्पा, पूर्व खानेपानी तथा सरसफाई राज्यमत्री दिपक खड्काको समेत उपस्थिति थियो। उनीहले कम्युनिष्ट सरकार अधिनायकवादी भएको, राज्यलाई आतंकवाद तर्फ लगेकोले नेपाली जनतालाई यस्तो सैह्य नहुने भन्दै बाध्य भएर विरोध गर्नु परेको बताए। यस किसिमको प्रदर्शन सरकारलाई सचेतना मात्र भएको र जनतालाई लादिएका चर्को मूल्य बृद्धि, करको फिर्ता गर्नुपर्ने माग राखे।

प्रकाशित: १५ श्रावण २०७५ १०:०८ मंगलबार

संखुवासभामा कांग्रेसको विरोधसभा शान्तिपूर्ण