राजनीति

राजनीतिक नेतृत्व कानुनभित्र बस्नुपर्छ : प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नुपर्ने बताएका छन्। 

सिंहरदबारमा मंगलबार बसेको महालेखा परीक्षकको आर्थिक वर्ष २०७४–०७५ को लेखा परीक्षण सम्बन्धि बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरू यस बिषयमा गम्भीर हुनुपर्ने बताए। 

कार्यालयहरूमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको ओलीको भनाइ थियो। “के कारणले बेरुजु भएको हो ?”ओलीले भने, “जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ।”ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनैपनि निकायले उन्मुक्ति नपाउने बताए। बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने उनको भनाई थियो। “नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाती होइन” उनले भने, “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो। यो क्रमलाई अब यही बिराम लगाउनुपर्छ।”

बैठकमा  महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक बर्ष २०७४–०७५ मा ४८ अर्ब रुपैयाँ बेरुजु देखिएको जानकारी दिए। 

प्रकाशित: १५ श्रावण २०७५ १०:०२ मंगलबार

राजनीतिक नेतृत्व कानुनभित्र बस्नुपर्छ प्रम ओली