राजनीति

कांग्रेसको विरोध र्‍याली सुरु

नेपालगञ्जमा कांग्रेसले निकालेकाे विराेध र्‍याली । तस्बिर : अर्जुन अाेली/नागरिक

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध र्‍याली सुरु भएको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट विरोध र्‍याली सुरु भएको छ। 

नेविसंघका नेता उत्तम साउदका अनुसार भोटाहिटीबाट सुरु भएर कांग्रेसको र्‍याली असन, इन्द्रचोक, विशालबजार भएर न्युरोड हुँदै शान्तिवाटिकामा कोणसभामा परिणत हुनेछ। कोणसभालाई काठमाडौंबाट निर्वाचित सांसदसहित नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। 

संघीय व्यवस्थाको भावनाविपरीत अधिकारको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छाँयामा राख्ने, सरकार र पार्टी एकैजस्तो गरेर सञ्चालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यवसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति सरकारमा बढेकाले आन्दोलित हुनुपरेको कांग्रेसले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०७५ ०९:०१ मंगलबार

कांग्रेसको विरोध र्‍याली सुरु