राजनीति

चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेटौं : अधिकारी

काठमाडौं-  नेकपाका नेता खगराज अधिकारीले चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेट्दा पूर्ण हुने बताएका छन्।

संसदमा चिकित्सा शिक्षा विधेयकमाथीको छलफलमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले एलोपेथिक र आयुर्वेदलाई पनि समेट्न सक्नुपर्ने धारणा राखे। विधेयकमा समर्थन हुँदा हुँदै पनि समग्र चिकित्सा क्षेत्रलाई समेटेर विधेयक बनाउनु पर्नेमा उनको जोड थियो।

नेपालमा अन्तराष्ट्रिय स्तरको स्कील ल्याव पनि बनाउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरे।

चिकित्सा सेवा प्रदायक संस्थाको नियमनबारे विधेयकले धेरै कुरा अघि बढाएको बढाएको उनले बताए। चिकित्शा शिक्षामा रहेको निजिकरणको विकृत पहाडलाई विधेयकले डिपार्चर सुरु गरेको अधिकारीले बताए।

 

प्रकाशित: १३ श्रावण २०७५ ०७:१३ आइतबार

चिकित्सा शिक्षा विधेयकमा नर्सिङ फार्मेसीलाई समेटौं अधिकारी