राजनीति

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्याे, २३ को उद्वार (अपडेट)

काठमाडौं – काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे बस त्रिशुली नदीमा खसेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको जानकारी दिएकोे छ। 

बस र ट्रक एकआपसमा ठोकिँदा बस नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताए। 

ना ६ ख २५०६ नम्बरको यात्रुबहाक बस र ना ५ प ७४०९ नम्बरको ट्रक एक अापसमा ठोक्किदा बस एक सय मिटर तल खसेकाे उनले बताए।

दुर्घटना परेर घाईते भएका २३ जनालाई उद्धार गरि उपचारका लागि भरतपुर तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए। अझै केही यात्रु बसभित्र नै रहेकाले बसका यात्रुको उद्धार कार्य चलिरहेको उनले जानकारी दिए ।

प्रकाशित: ११ श्रावण २०७५ ०७:१५ शुक्रबार

काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्याे २३ को उद्वार अपडेट