राजनीति

मन्त्रिपरिषद बैठक : कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो, नयाँ मन्त्री को ?

काठमाडौं– सरकारले कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाएको छ। स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई फूल मन्त्री बनाउन विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएको हो। 

उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्हालिरहेका छन्। राज्यमन्त्रीमा पनि फोरमकै मान्छे ल्याउनुपर्ने अवस्था आएपछि अर्याललाई व्यवस्थापन गर्न मन्त्रालय फुटाउन परेको हो। अर्याल नेकपाकी सांसद हुन्।

बैठकको निर्णयअनुसार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय बनाइएको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए। मन्त्रालय फुटाएसँगै अब प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको संख्या २२ पुगेको छ।

मन्त्री अर्याललाई अब भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल भने अब कृषि तथा पशुपंक्षी मन्त्री हुनेछन्।

प्रकाशित: १० श्रावण २०७५ १६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App