राजनीति

सरकारी टोलीसँग भएको सहमतिमा डा केसीको असन्तुष्टि, सच्याउन वार्ता टोली बालुवाटारमा

काठमाडौं– सरकारी वार्ता टोलीसँग भएको ७ बुँदे सहमतिमा डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि उनका प्रतिनिधि समाधान खोज्न बालुवाटार पुगेका छन्। 

विहीबार दिउँसो सिंहदरबारमा सरकारी टोलीसँग डा केसीका प्रतिनिधिले ७ बुँदे सहमति गरेका थिए। जसको मस्यौदा समेत तयार भइसकेको छ। उक्त मस्यौदा लिएर वार्ता टोली डा केसीलाई भेट्न शिक्षण अस्पताल पुगेको थियो। त्यहाँ मस्यौदा हेर्दै डा. केसीले नयाँ मेडिकल कलेजको सम्बन्धबारे कुनै विषय उल्लेख नगरेको भन्दै असन्तुष्टि जनाए। नयाँ मेडिकल कलेजको सम्बन्धलाई ऐनमा कसरी उल्लेख भन्ने कुरा प्रष्ट रुपमा नआएको भन्दै उनले सच्याएर आउन आग्रह गरे। अन्य विषयमा भने डा केसी सहमत भएका छन्। 

डा केसीको आग्रहपछि उनका प्रतिनिधि उनले भनेअनुसार सहमति खोज्न बालुवाटार गएको छ। 

प्रकाशित: १० श्रावण २०७५ ११:४२ बिहीबार

सरकारी टोलीसँग भएको सहमतिमा डा केसीको असन्तुष्टि सच्याउन वार्ता टोली बालुवाटारमा