राजनीति

डा. केसीसँग आजै समझदारी हुने सम्भावना

काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ।
वुधबार दिउँसोको वार्ता निष्कर्षमा नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफै सक्रिय बनेका थिए। प्रधानमन्त्रीको सक्रियतापछि अहिले डा. केसी र सरकारी वार्ता टोलीबीच बालुवाटारमा छलफल भइरहेको छ।
वुधबार अबेर प्रधानमन्त्रीले केसीको वार्ता टोलीलाई वालुवाटारमा बोलाएर छलफल गरेका थिए। छलफलको क्रममा चिकित्सा शिक्षा विधेयकका महत्वपूर्ण विषयमा प्रधानमन्त्री सकारात्मक देखिएपछि डा. केसीको अनशन आजै तोड्ने गरी दुई पक्षबीच वार्ता हुन लागेको हो।
डा. केसीको वार्ता टोलीमा डा. अभिषेक सिंह, अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल छन्।

 

प्रकाशित: १० श्रावण २०७५ ०७:५९ बिहीबार

डा. केसीसँग आजै समझदारी हुने सम्भावना