राजनीति

अमेरिकास्थित नेपाली राजदूतावासका लागि भवन खरिद

वासिंटन डिसी (अमेरिका) – अमेरिकास्थित  नेपाली राजदूतावासका लागि ७४ करोडमा भवन किनिएको छ। किनिएिको भवन वासिंटन डिसीस्थित युनिभर्सिटि टेरेस पोष्ट बक्स नम्बर २००१६ मा रहेको छ। उक्त भवन ४० हजार ७ सय २६ स्क्वायर फिट जग्गामा १० हजार १ सय ५० फिटमा बनेको छ।

दूतावासका लागि किनिएको भवनको मूल्य ६ दशमलव ८ मिलियिन, ६८ लाख डलर अर्थात ७४ करोड ४६ लाख नेपाली रुपियाँ रहेको छ। उक्त भवन अत्याधुनिक रहनुका साथै गाडि पार्किङको राम्रो व्यवस्था रहेको बताइएको छ।

दूतावासका प्रवक्ता जीवन श्रेष्ठका अनुसार सो भवनमा ७ वटा बेड रुम र ८ वटा बाथरुम रहेका छन्। कार्यक्रम गर्न मिल्ने ठुला हलसहित किचेन पनि रहेको बताइएको छ। अमेरिकामा प्राय कार्यक्रम निवासमा हुने भएकोले ठुलो भवन चाहिएकाले मन्त्रालयको निर्देशन अनुसार ठुलो भवन खरिद गरिएको बताइएको छ।

प्रकाशित: १० श्रावण २०७५ ०२:०३ बिहीबार

अमेरिकास्थित नेपाली राजदूतावासका लागि भवन खरिद