राजनीति

अध्यादेशअनुसार विधेयक ल्याउनुपर्छ : निधि

काठमाडाैं- नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताएका छन्।

नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको अन्तक्रियामा उनले प्रा डा केसीले उठाएका माग पूरा गर्न काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सरोकार भएका सबैको सहभागितामा माथेमा आयोग गठन गरेको र काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा सो आयोगको मर्मअनुसार चिकित्सा शिक्षा अध्यादेश जारी भएको जानकारी दिए। 

कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाले प्रजातन्त्र, जनअधिकार र प्रेस स्वतन्त्रताका लागि आजीवन संघर्ष गर्नुपरेको स्मरण गर्दै संविधान र लोकतन्त्र विपरीतका क्रियाकलापमा प्रेसले निर्बाध रुपमा कलम चलाउनुपर्नेमा जोड दिए। रासस

प्रकाशित: ९ श्रावण २०७५ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App