राजनीति

साउन १६ गते बस्ने गरी अाजकाे राष्ट्रिय सभा बैठक स्थगित

फाइल फाेटाे : नागरिक

 काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।  

बैठक सुरु हुनासाथ काङ्ग्रेसका सांसदहरूले उभिएर विरोध जनाएका थिए। काङ्ग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सत्तारुढ सांसदलाई बोल्न दिएपनि त्यो सम्भव हुन सकेन।

सभाध्यक्षले बारम्बार अाग्रह गर्दा पनि कांग्रेसले अवरोध जारी राखेकाले बैठक स्थगित भएको बताइएको छ। राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गतेका लागि बोलाइएको छ। आजको बैठमा राष्ट्रिय सभाका विषगत समितिहरुमा सदस्य मनोनयन गर्ने कार्यसूची थियो।

प्रकाशित: ९ श्रावण २०७५ ०६:३७ बुधबार

१६ गते बस्ने गरी अाजकाे राष्ट्रिय सभा बैठक स्थगित