राजनीति

मन्त्रीको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले मुख खोले

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूका अनुपयुक्त बोलीमा आफ्नो ध्यान भएको बताएका छन्।

कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल पढ्न जाने नेपाली छात्राहरूले सर्टिफिकेट लिन आफ्नो अस्मिता सुम्पिनुपर्ने अभिव्यक्ति दिएपछि सरकारको सर्वत्र आलोचना भएको थियो।

मन्त्रीको आपत्तिजनक अभिव्यक्तिबारे प्रधानमन्त्री मौन रहेको भन्दै विरोध भएको थियो। यसरी चौतर्फी विरोध भएपछि प्रम ओलीले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

नेकपाको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा ओलीले मन्त्रीहरूको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता कुराहरूलाई विधी सम्मत ढंगले सम्बोधन गर्ने बताए।

प्रधानमन्त्रीले मन्त्रीहरूको अभिव्यक्तिलाई नियन्त्रण गर्ने बताएकै बेला विवादित अभिव्यक्ति दिने मन्त्री तामाङले आजै राजीनामा दिँदैछन्। 

प्रकाशित: ८ श्रावण २०७५ ०८:५७ मंगलबार

मन्त्रीको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले मुख खोले