राजनीति

कानुनमन्त्री तामाङले राजीनामा दिने

काठमाडौं – बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तामाङलाई राजीनामा दिन निर्देशन दिएसँगै उनले दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिने स्रोतले बतायो।

स्राेतका अनुसार उनले आफ्नो अभिव्यक्तिप्रति माफि मागिसकेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका शिर्ष नेताहरुले तामाङलाई बोलाएर छलफल गरी राजीनामाका लागि दवाव दिएका थिए।

मन्त्री तामाङ बंगलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि विवादित बनेका थिए।  उनको यस अभिव्यक्तिको सामाजिक सञ्जाल लगाएतमा व्यापक विरोध भएको थियो।

प्रकाशित: ८ श्रावण २०७५ ०४:१२ मंगलबार

कानुनमन्त्री तामाङले राजीनामा दिने