राजनीति

दाहाललाई विश्वप्रकाशको जवाफ : आरोप लाउनुअघि आफ्नो पृष्ठभूमि हेक्का राखौं

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। उनले अरुलाई आरोप लगाउनुअघि आफ्नो पृष्ठभूमि नबिर्सिन चेतावनी समेत दिएका छन्।

सोमबार पुष्पलालको ४० औं स्मृति सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष दाहालले कांग्रेसको नामै लिएर लोकतान्त्रिक भनिने शक्तिले गोविन्द केसीको हत्या गरेर लासमाथि राजनीति गर्न चाहेको आरोप लगाएका थिए।

दाहालको यो अभिव्यक्तिपछि कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत लासको राजनीतिको आरोप लगाउनु अघि आफ्नो व्यक्तित्वको उचाई र पृष्ठभूमि हेक्का राख्न सुझाव दिएका हुन्।

‘डा केसीले अनशन नबसेर के बन्दुक उठाउनु पथ्र्यो कमरेड? कांग्रेसमाथिको प्रश्नमा केवल यति भनौं। माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ?, शर्माले प्रश्न गरेका छन्– ‘लासको राजनीति आरोप लगाउनु अघि आफ्नो व्यक्तित्वको उचाई र पृष्ठभूमी हेक्का राख्नुपथ्र्यो कि कमरेड !!’

डा केसिले अनशन नबसेर
के बन्दुक उठाउनु पर्थ्यो कमरेड ?

कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं …
माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ?

`लासको राजनीति´ आरोप लगाउनु अघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभुमि हेक्का राख्नुपर्थ्यो कि कमरेड !! @cmprachanda

— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 23, 2018

प्रकाशित: ७ श्रावण २०७५ १३:४३ सोमबार

दाहाललाई विश्वप्रकाशको जवाफ आरोप लाउनुअघि आफ्नो पृष्ठभूमि हेक्का राखौं