राजनीति

कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग

काठमाडौं- बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीबारे कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति प्रति राप्रपाले आपत्ति जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै समग्र नेपाली महिलाको अस्मिता माथि नै ठेस पुग्ने गरि कानुन मन्त्री शेरबहादुर तामाङले अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति दिएको बताएका छन्। मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब तामाङलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओली समक्ष राप्रपाले माग गरेको छ। साथै केही दिन अघि नेपाली चेलीहरु बंगलादेश स्थित कलेजका प्राध्यापकहरुबाट करणीमा पर्ने सम्बन्धि सोही प्रकृतिको आपत्तिजनक अभिव्यक्ति दिने बिर्तामोड स्थित बि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसाइलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न पनि राप्रपाले सरकारसंग माग गरेको छ।

प्रकाशित: ६ श्रावण २०७५ १३:१९ आइतबार

कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग