राजनीति

नेपाल–रुवाण्डा सम्बन्ध स्थापना

काठमाडौं – नेपाल र अफ्रिकी मुलुक रुवाण्डाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको बाह्य सम्बन्ध १६१ देशमा विस्तार भएको छ। 

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्ताबेजमा शुक्रबार न्यूयोर्कमा आयोजित एक कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाल र रुवाण्डाका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र भ्यालेन्टाइन रुगाबिजाले हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

दुवै देशका राजदूतले नेपाल र रुवाण्डाबीच औपचारिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई दिए। नेपाल र रुवाण्डाले राष्ट्रसंघलगायत अन्य मञ्चहरुमा साझेदारी एवं सहकार्य गर्दै आएका छन्।  (रासस)

प्रकाशित: ५ श्रावण २०७५ ०९:०७ शनिबार

नेपाल–रुवाण्डा सम्बन्ध स्थापना