राजनीति

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छः नेता सिंह

बैतडी – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन्। नेपाल प्रेस युनियन बैतडीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले दुईतिहाइ बुहुमत पाएको सरकारले जनताको चाहनाअनुसार काम गरेको भन्दै अधिनायकवाद रवैया देखाउन थालेको आरोप लगाए।

कार्यकर्ता भेटघाटको लागि बैतडी पुगेका नेता सिंहले सरकारले चुनावमा दिएको आश्वासनअनुसार काम नगरेको आरोप लगाए।  जताको भावना विरुद्धका काममा अनावश्यक हस्तक्षेप गर्न थालेपछि सशक्त प्रतिपक्षमा भुमिका कांग्रेसले खेल्ने जानकारी दिए। जनताले अनुभूति गर्ने खालका काम सरकारले गर्न नसकेको सिंहले आरोप लगाए। 

स्वास्थ्य क्षेत्र सुधारको लागि अनशनरत डा. गोविन्द केसीलाई जवजस्ती उठाएर काठमाडौं ल्याएको भन्दै डा.केसीको जीवन रक्षाको लागि कांग्रेसले आवाज उठाएको बताए। माथेमा आयोग विपरित शिक्षा स्वास्थ्य विधेयक संसदमा ल्याएर सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनले बताए। सरकारले दुई तिहाइको दम्भ देखाएर जनताको भावनाविपरित सर्वसत्तावादी सोच राखेको आरोपसमेत लगाए।

पत्रकार सम्मेलमा बोल्दै कांग्रेस केन्द्रिय सदस्य दिलेन्द्र्रप्रसाद बडुले सरकारले सबै ठाउँमा निशेधित क्षेत्र बनाएर कोही बोल्न नपाउन भन्ने निरंकुश चरित्र देखाएको आरोप लगाए। यसको विरोधमा संघ, प्रदेश संसद र स्थानीय संसदमा कांग्रेसले अवाज उठाइरहेको जानकारी दिए। मुलुकलाई बचाउन संविधान उल्लंघनका विरुद्ध कांग्रेस सशक्त ढंगले अघि बढने उनको भनाइ छ। 

प्रकाशित: ५ श्रावण २०७५ ०८:२१ शनिबार

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छः नेता सिंह