राजनीति

डा. केसीको समर्थनमा प्रदर्शन : गगनदेखि मनिषा कोइरालासम्म (फोटो फिचर)

काठमाडौं – चिकित्सा शिक्षा विधेयकको विरोधमा अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन प्रदर्शन भएको छ। शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि प्रदर्शन सुरु भएको हो।

प्रदर्शनमा पूर्व प्रधानमन्त्री, स्वास्थ्य मन्त्रीदेखि कलाकार र सर्वसाधारणसम्म सहभागी छन्। चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको जीवनरक्षा र मागहरुको सम्बोधनका लागि सरकारलाई दबाव दिन उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

माइतीघरबाट सुरु गरिएको प्रदर्शन अहिले बानेश्वर तर्फ अगाडि बढिरहेको छ। पूर्व प्रधानमन्त्री बावुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, नयाँ शक्तिकी नेतृ हिसिला यमी, विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र, कलाकार मनिषा कोइराला, करिष्मा मानन्धर, बिश्लेषक श्याम श्रेष्ठ, अधिकारवादी कृष्ण पहाडी, प्रा. केदारभक्त माथेमा सहभागी प्रदर्शनलाई चिकित्सक, नर्स, कानुन व्यवसायी लगायत विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाएका छन्।

डा. केसीको समर्थनमा प्रदर्शन गगनदेखि मनिषा कोइरालासम्म फोटो फिचर