राजनीति

डाक्टर केसीको समर्थनमा नेविसंघको प्रर्दशन

तनहुँ – डाक्टर गोविन्द केसीको समर्थन र उनको जीवन रक्षाको माग गदै नेविसंघ तनहुँले शुक्रबार दमौलीमा विरोध प्रर्दशन गरेको छ।

सरकारले जुम्लामा २० दिनदेखी आमारण अनशनरत डाक्टर केशीलाई बलप्रयोग गरेर काठमाडौं ल्याइएको भन्दै सरकारले देखाएको कदमप्रति नेविसंघ तनहुँले विरोध जनाएको हो। आदिकवि भानुभक्त क्याम्पसमा जम्मा भएका विद्यार्थीहरुको -याली निकाल्दै ओली सरकारविरुद्ध नारावादी गरे। गणेशमान चोक हुँदै दमौलीस्थित मेन चोकमा पुगेर -याली कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गदै नेपाली कांग्रेसका जिल्ला सचिव विश्व वास्तोलाले दुई तिहाईको आडमा बनेको सरकारले आर्थिक विकास र समृद्धिमा अगाडी वढ्नुको सटो सरकार तानाशाही शैलीमा अगाडी बढेको आरोप लगाए।

नेविसंघ तनहुँका अध्यक्ष चुडामणी खनालले सरकारले आर्थिक संमृद्धि ल्याउन लाग्नुपर्नेमा सत्याग्रह गरेका डाक्टर केसीलाई  बल प्रयोग गर्नु निन्दिनिय भएको बताए। अहिले कम्युनिष्टले अधिनायकवादी प्रविद्धि देखाएको र यसको विरुद्ध लड्नुपर्ने बेला आएको उनले बताए।

प्रकाशित: ४ श्रावण २०७५ ०६:०१ शुक्रबार

डाक्टर केसीको समर्थनमा नेविसंघको प्रर्दशन