राजनीति

प्रतिनिधि सभा बैठकमा पेश होला त चिकित्सा शिक्षा विधेयक

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ। बैठक एक बजेका लागि बोलाइएको भएपनि कार्यसूची अझै तय भएको छैन।

बैठकमा चिकित्सा शिक्षा विधेयक २०७५ पेश हुन सक्ने ठानिएको छ। गत विहीबार बसेको बैठकमा पनि विधेयक पेश हुने कार्यसूची थियो। तर प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्ववर्ती सरकारले ल्याएको विधेयक नै हुबहु पेश हुनुपर्ने दवाव दिएको थियो। कांग्रेसको दवावका कारण विहीबारको बैठकमा विधेयक पेश हुन सकेन । कांग्रेस आज पनि सोही मनस्थितिमा छ।

माथेमा प्रतिवेदनको मर्म र चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको आग्रह अनुसार चिकित्सा शिक्षा विधेयक पेश हुनुपर्ने कांग्रेसको अडान छ। राष्ट्रियसभा बैठक भने साउन १ गतेका लागि बोलाइएको छ।

प्रकाशित: ३१ असार २०७५ ०५:४० आइतबार

प्रतिनिधि सभा बैठकमा होला चिकित्सा शिक्षा विधेयक