राजनीति

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर : अध्यक्ष दाहाल

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ले कृष्ण अधिकारी हत्या प्रकरणमा आरोपित भनेर कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको बताएका छन्। विद्रोह, शान्ति सम्झौता र संविधान कार्यान्यवनको नेता बन्ने अवसर जनताले दिएको बताउँदै उनले कहिलेकाँही निर्दोष मान्छे पनि अनाहकमा फस्ने जाने बताए।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत महानगरिय रिङरोड र  लिङ्क रोड तथा ढल निर्माण आयोजनाहरुको शिलान्याश कार्यक्रममा अध्यक्ष दाहालले पौडेललाई अदालतमा हाजिर हुन लगाएर लोकतन्त्रको अभ्यासमा प्रश्न उठाउने अवसर नदिएको बताए।

‘उहाँ निर्दोष हुनुहुन्छ, उहाँको कुनै पनि भूमिका छैन भन्ने हाम्रो विश्वास छ’ उनले भने, ‘चाँडै नै अदालतबाट पनि निर्दोष सावित हुने विश्वास छ।’ कार्यक्रममा उनले लोकतन्त्रको निम्ति त्याग र पहल गर्न नछोडेको दाबी गरे। लोकतन्त्र माथि नै प्रश्न चिन्ह उठ्ने खतरा भएपछि त्यसको सम्मानमा छविलाल पौडेल अदालत हाजिर हुन गएको उनले बताए। ‘हामी सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दछौं’ उनी भन्छन्, ‘हामी कसैमाथि अन्याय हुन नपाओस् भनेर संवेदनशील छौं।’

 

प्रकाशित: २९ असार २०७५ १०:२५ शुक्रबार

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर अध्यक्ष दाहाल