राजनीति

सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भइरहेको छ : गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन्। 

बुधबार राजधानीमा आयोजित ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अझै सिण्डिकेट फर्काउने प्रयास भईरहेको भन्दै त्यो पुरा नहुने बताए।

उनले भने, ‘अहिलेपनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनिहरुको समृद्धि हुने, यो क्षेमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भईरहेको छ। यसबारे सरकार सचेत छ।’

यातायात मात्रै नभई कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सिण्डिकेटले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको गृहमन्त्री थापाको भनाई छ।

उनले भने, ‘सिण्डिकेट रहेसम्म देशको विकास र समृद्धि सम्भव छैन । जनतालाई समृद्ध बनाउने जुन प्रतिवद्धता गरेका छौं। त्यो पुरा हुन सक्दैन।’

सिण्डिकेट हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भनदै सबैको सहयोगका लागि उनले अपिल गरे। 

प्रकाशित: २७ असार २०७५ १०:३५ बुधबार

सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भइरहेको गृहमन्त्री थापा