राजनीति

नेकपाको पार्टी नियमावली पारित

फाइल फाेटाे

काठमाडौं – नेकपा सचिवालय बैठकले पार्टीकाे नियमावली पारित गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले नियमावली पारित भएको र छिट्टै प्रकाशनमा जाने बताए।

‘बैठकले पार्टी संगठनको एकताको आवधिक कार्ययोजना बनाउने निर्णय पनि गरेको छ’ श्रेष्ठले भने।

श्रेष्ठले सचिवालय भाेलि बैठक बसेर पार्टीका जनवर्गीय संगठनहरुको एकताका लागि समय तोकेरै कार्ययोजना बनाइने जानकारी दिए।

नियमावलीको टुंगो लगाउन नेकपाले नेताहरू वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलले मंगलबार बसेको बैठकमा सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेको थियो। कार्यदलको सुझावका आधारमा तयार गरिएको नियमावली अाज पारित भएको हो।

एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रभास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।

प्रकाशित: २७ असार २०७५ ०६:०८ बुधबार

नेकपाको पार्टी नियमावली पारित