राजनीति

पूर्वराजाले जन्मदिन मनाए

नेपालगन्ज- आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज यहाँस्थित सोल्टी होटलमा मनाएका छन्।

होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ अाैं जन्मदिनको शुभकामना र बधाई दिएका थिए। 

आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीनातिना सहित पूर्व राजा ज्ञानेन्द्र शाह बिहिवार नेपालगन्ज आएका थिए।

आफ्नो जन्मदिनको अवसरमा पूर्व राजा शाह शनिबार बिहान यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर गएर पूजाअर्चना पनि गरेका थिए। रासस

प्रकाशित: २३ असार २०७५ १६:०८ शनिबार

पूर्वराजाले जन्मदिन मनाए